शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्दै

बिहीबार ३० श्रावण, २०८२ nepalexplores 1544


बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्दै

२९ साउन, काठमाडौ । 
बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्न् थालेको छ।

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको हो।

हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण बडिमालिकामा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने थालेका छ। 

प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीयहरुले बताएका छन्।

समुद्री सतह बाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन्।

बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन्। डाँफे, मुनाल, कस्तुरी, झालर लगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन्।

सफा मौसमका बेला बडिमालिका बाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खला सहित अपी, सैपाल हिमाल देख्न सकिने जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु