शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

कान्ती ताल बन्यो स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य 

शुक्रबार २० असार, २०८२ nepalexplores 1478


कान्ती ताल बन्यो स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य 

२० असार काठमाडौं ।
मानवनिर्मित कान्ति ताल स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य बनेको छ। नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित सुन्दर कान्ती ताल अहिले स्थानीय चराका लागि बासस्थान, प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ।

कुनै समय स्थानीयहरुको सिँचाइको स्रोत बनेको कान्ती ताल अहिले कमल लगायतका फूलले भरिएको विभिन्न चराका लागि आहारका लागि लामो समयदेखि आश्रयस्थल बनेको छ।

जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि प्रसिद्ध भएको साथै विज्ञहरूले यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताएका छन्।

नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासस्थानमा परेकाे छ।

तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देश बाट बर्सेनि चराहरू आउने गरेका छ। कान्ति तालमा जाडोमा एक सय ५३ र गर्मीयाममा ६२ प्रजातिका चरा देख्न पाइन्छ।

तालमा मोटरबोट चलाउने प्रयासको विरोध भएपछि योजना रद्द भएसँगे यसलाई संरक्षण गर्नुपर्ने आवाज उठेको छ। पहिले सिँचाइको स्रोत बनेको ताल अहिले चराहरूको बासस्थान बनेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु