शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै 

आईतवार ८ मंसिर, २०८२ nepalexplores 1575


बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै 

७ मंसिर, काठमाडौं ।
बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको छ।

अहिले बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

हरियाली जङ्गलको बीचमा रहेको र करिब ५२ हेक्टरमा फैलिएको अमाह सिमसार क्षेत्रमा दैनिक हजारौं पर्यटकको गन्तव्य बन्दै गएको छ।

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण बनेको जनाएका छन्।

सिमसार क्षेत्रभित्र रहेको अमाह देवीथान रहेकोले धार्मिक पर्यटकको प्रमुख गन्तव्य बनेको जनाएका छन्।

सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेको अमाह सिमसारका अध्यक्ष भोजराज घलेले बताएका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु