बुधबार ६ भाद्र, २०८०
६ भदौ, काठमाडौं ।
शुक्लागण्डकी नगरपालिका ६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट नजिकै रहेको झाँगाझोलीमा पर्यटनको प्रचुर सम्भावना रहेको । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन् । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा विकास हुन सक्ने सम्भावना देखिएको छ ।
झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए ।