शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

पार्टी एकता लागी नाम फेर्न तयार भयो माओवादी केन्द्र 

सोमबार १ आश्विन, २०८० nepalexplores 1445


पार्टी एकता लागी नाम फेर्न तयार भयो माओवादी केन्द्र 


१ असोज, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) समान विचारधारा भएका कम्युनिस्ट घटकहरु सँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।  लामो समयदेखि नेकपा (माओवादी केन्द्र) ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएकोमा सबैलाई मिलाउने उद्देश्यका साथ आफ्नो पार्टीको नाम फेर्न तयार भएको हो । 

माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय नै गरेर  मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख गरिएको छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने पनि माओवादीको भनाइ छ । 

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, माओवादीले भनेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु