बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

रुपन्देही–२ मा हुने भयो सत्ता गठबन्धन प्रतिस्पर्धामा

बुधबार ९ कार्तिक, २०७९ nepalexplores 1674


रुपन्देही–२ मा हुने भयो सत्ता गठबन्धन प्रतिस्पर्धामा


 काठमाण्डौ । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने कौतुहल थियो ।


यस क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनाव लगातार जितेका पौडेलसंग गठबन्धनको समर्थन पाएका थापाको प्रतिस्पर्धा हुने छ । सत्तारुढ गठबन्धनले यो क्षेत्रमा थापालाई समर्थन गरेबापत जनमुक्ति पार्टीले रुपन्देही–२ का प्रदेश सभाका दुबै क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३ र ५ मा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनमुक्ति पार्टीका थापाले बताए ।

रुपन्देही २ का प्रदेश सभामा सत्ता गठबन्धनबाट कांग्रेसका दीर्घबहादुर केसी र माओवादीका वामदेव क्षेत्री तथा एमालेबाट लिला गिरी र भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।


‘मूलरुपमा रुपन्देही २ का दुबै प्रदेश सभा र प्रतिनिधि सभाका १, ३ र ५ नंं क्षेत्रका गठबन्धनका उम्मेदवारलाई हाम्रो पार्टीले मत दिने शर्तमा मलाई समर्थन भएको हो’, जनमुक्ति पार्टीका उम्मेदवार थापाले भने, ‘गठबन्धनले साथ दिएपछि बलियो भयौं ।’

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तेस्रो भएका कारण पनि राष्ट्रिय जनमुक्ति पार्टी यस क्षेत्रमा जनाधार भएकै पार्टी हो । २०७४ को चुनावमा पौडेलले ४४ हजार ९ मत ल्याएर चुनाव जित्दा कांग्रेसका युवराज गिरी दोस्रो भए भने राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ३६ सय मत पाएका थिए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु