शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

चालु आ.व.मा  ५५ प्रतिशत विकास खर्च भयो फ्रिज 

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1507


चालु आ.व.मा  ५५ प्रतिशत विकास खर्च भयो फ्रिज 

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को बजेटको ५५ प्रतिशत विकास खर्च (पुँजीगत) फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षको अन्तिम समय आर्इपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको हो ।

जुन कुल विनियोजित बजेटको ४४.७२ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।


असार महिनामा खर्च तथा भुक्तानीलाई तीब्रता दिएको सरकारले चालु आर्थिक वर्षको अन्तिम समयसम्म कुल पुँजीगत खर्चको ४५ प्रतिशत पनि खर्च गर्न सकेन । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु