बिहीबार ४ फाल्गुन, २०७९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार बालुवाटारमा पुगेका छन। भेटवार्तामा दुवैबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति तोकिसकेको छ। आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।
एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने प्रधानमन्त्री दाहाल एमालेलाई राष्ट्रपति दिने मनसायमा छैनन् । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपति चयनकै कारण सत्ता गठबन्धन टुट्न सक्ने आंकलन हुँदै आएको छ । माओवादीका केही नेताहरुले नेपाली काङग्रेसको उमेदवारलाई सहयोग गरेर सरकारलाई थप मजबुत बनाउनु पर्ने बताउदै आएका छन ।