बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

उखान टुक्का र गफाडीहरु धेरै भएर देशले दुख पायोः पुर्व प्रधानमन्त्री डा.भट्टराई

शुक्रबार २८ आश्विन, २०७९ nepalexplores 1661


उखान टुक्का र गफाडीहरु धेरै भएर देशले दुख पायोः पुर्व प्रधानमन्त्री डा.भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उखान टुक्का र गफाडीहरु धेरै भएर मुलुकले दुख पाएको बताएका छन । शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।


मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए । देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ’ डाभट्टराईले भने, ‘सबै सेक्टरका सबै जिम्मेवार नागरिक तथा व्यक्तिहरुले जिम्मेवार हुनुपर्छ। देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ’ उनले भने । 


सोही अवसरमा डा।भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए । ‘राजनीतिज्ञले भ्रष्टाचार गर्छ, तपाईहरु सुरक्षित गरिदिनुहुन्छ । व्यापारीले कर छल्छ, दोहोरो एकाउन्ट, बिल बनाउँछ तपाईहरु ढाकछोप गरिदिनुहुन्छ । फेरि संघ संस्थाले पैसा खुवाउँछ, सम्मान गरिदिन्छ तपाईहरु त्यसको पनि अडिटमा गल्ती ढाकछोप गरिदिनुहुन्छ । अनि कसरी देश बन्छ रु’ पूर्व अर्थमन्त्रीसमेत रहेका डा। भट्टराईले चार्टर्ड एकाउन्टहरू माथि नै प्रश्न उठाए ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु