शनिबार २३ फाल्गुन, २०८२ (Saturday March 07, 2026)

पाकिस्तानी प्रधानमन्त्री सरिफले चीनको भ्रमणमा गर्ने

बुधबार ९ कार्तिक, २०७९ nepalexplores 1440


पाकिस्तानी प्रधानमन्त्री सरिफले चीनको भ्रमणमा गर्ने

काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्।

बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।


‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गार्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन्। पाकिस्तान र चीनले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा विचार पनि आदानप्रदान गर्नेछन्,’ पाकिस्तानी विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भनेको छ।

विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ। द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रामन्त्रालयले गरेको छ। 


पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ। अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताकासाथ छलफल गर्ने समाचार केही समयअघि सार्वजनिक भएका थिए।
रासस




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु