शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नैतिकताको आधारमा गभर्नरले अधिकारीले राजीनामा दिनुपर्छः प्रधानमन्त्री देउवा

शुक्रबार ३१ असार, २०७९ Nepalexplores 1518


नैतिकताको आधारमा गभर्नरले अधिकारीले राजीनामा दिनुपर्छः प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । 

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । 

बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?  भन्नु भएको छ ।’




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु