शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

संसदमा विश्वासको ‘हाईडोज’ हुदा  प्रधानमन्त्री प्रचण्डलाई सकस

शनिबार ३० पुष, २०७९ nepalexplores 1424


संसदमा विश्वासको ‘हाईडोज’ हुदा  प्रधानमन्त्री प्रचण्डलाई सकस


काठमाडौं । तेस्रोपल्ट प्रधानमन्त्री बनेका प्रचण्डलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ ।

शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो ।


‘ओलीजी र मैले सरकार बनाउने सहमति गरेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष बन्छ भन्ने कल्पना गरिएको थियो र त्यो एकदमै स्वभाविक सोचाइ थियो । तर कांग्रेस पनि मलाई विश्वासको मत दिने लाइनमा आइसके पछि अब उप्रति मेरो पनि दायित्व हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माघ तीन गते  सर्वदलीय बैठकमा मैले कांग्रेससहित मलाई विश्वास गर्ने दलहरुसँग राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदहरुमा के कसो गर्दा उपयुक्त हुन्छ भन्ने बारे छलफल गर्छु ।’

नेपाली काङग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्रि प्रचण्डलाई भागबन्डा मिलाउन सकस परेको छ । प्रचण्डले राष्टपति र सभामुखमा नेकपा एमालेसंग सहमति गरेर आफु प्रधानमन्त्रि बनेपनि अब बाँकी पदमा भने पहिलेको जस्तो सहमति हुबहु कार्यान्वयन नहुने र सबै दललाई मिलाएर लैजाने अवस्था सृजना भएको देखिन्छ । काङग्रेसले राष्टपतिमा दाबी गरेको बताईएको छ ।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु