आईतवार २३ कार्तिक, २०८३ (Sunday November 08, 2026)

कास्कीको सिक्लेस गाउँ पुगे ३ हजार बढी पर्यटक 

आईतवार २३ कार्तिक, २०८३ nepalexplores 1193


कास्कीको सिक्लेस गाउँ पुगे ३ हजार बढी पर्यटक 

२२ कात्तिक, काठमाडौं ।

कास्कीको सिक्लेस गाउँमा ३ हजार बढी पर्यटक पुगेका छन्।

कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको हो।

सिक्लेस गाउँको पछिल्लो ६ दिनमा ३ हजार भन्दा बढी पर्यटकले भ्रमण गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङले बताएका छन्। 

गुरुङको अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५–२० गते) सम्म ३ हजार १४६ जना पर्यटक सिक्लेस पुगेको र यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका बताएका छन्।

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने गरेको गुरुङले बताएका छन्।

पर्यटकको उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा नयाँ उत्साह थपेको स्थानीयले बताएका छन्।

कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित रहेको छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु