बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

आगन्तुक पर्यटक चरा जाडो छल्न चितवनमा

बिहीबार २९ कार्तिक, २०८१ nepalexplores 1399


आगन्तुक पर्यटक चरा जाडो छल्न चितवनमा

२९ कात्तिक, काठमाडौं । 
आगन्तुक पर्यटक चरा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि जाडो छल्न चितवनमा पनि आएको छ।

 नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्। 

चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन्। अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिए सँगै चराहरु हेर्नका लागि समेत पर्यटकहरु आउने गरेका छन्।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको छ। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको पाईन्छ।

चखेवा, कालोगरुड, सुरसुरे हाँस, जलेवा, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उनले विडारीले बताए। नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको भनाइ छ।

गर्मी मौसम सुरु भएसँगै चराहरु फर्कने गर्दछन्। भने तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा बर्षनी नेपाल आउने गर्छन्।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु