आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

पश्चिमी गड्डाचौकी नाका हुँदै, विदेशी पर्यटक भारततर्फ जान पाउने

बुधबार १६ श्रावण, २०८१ nepalexplores 1488


पश्चिमी गड्डाचौकी नाका हुँदै, विदेशी पर्यटक भारततर्फ जान पाउने

१६ साउन, काठमाडौं ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै, तेस्रो मुलुकका विदेशी पर्यटक भारततर्फ जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको हो। 

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान(डिपार्चर) खुला गरेको छ। भारतीय सीमावर्ती बनबसा अध्यागमन(इमिग्रेसन) कार्यालयले १० डिसेम्बर २०२१ देखि विदेशी पर्यटकको आगमन बन्द गरेको थियो। 

“भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटको सङ्ख्या तीन वर्षदेखि ठप्प रहेको थियो”, कार्यालयले भने, “सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका जनाएको छ।”

कोरोना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि खुला थियो। भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि भने सीमा नाका खुला रहेको थियो। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु