शुक्रबार १९ असार, २०८३ (Friday July 03, 2026)

माथिल्लो तामाकोशी को हकप्रद शेयर बिक्री हुँदै

शुक्रबार ३१ असार, २०७९ Nepalexplores 1468


माथिल्लो तामाकोशी को हकप्रद शेयर बिक्री हुँदै


काठमाडौं । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालीङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ ।  कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । 

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । 
विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन समेत सहयोग गरेको छ । 


सोही आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई एक बराबर एक कित्ताका दरले हकप्रद शेयर प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले यही असार ३० गते बसेको सञ्चालक समितिको २५७ औँ बैठकबाट हालको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागिएको जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु