शुक्रबार २० चैत्र, २०८२ (Friday April 03, 2026)

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

बुधबार १८ पुष, २०८० Nepalexplores 1531


मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

१८ पुस, काठमाडौं ।
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले जानकारी दिए ।

 

‘यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे ।’ ‘पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ ।’ सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए । पदयात्रा गर्ने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् भने नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र ताल अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन्।

 

त्यस्तै चुम भ्याली शृङ्गी हिमाल, भर्जिन हिमाल अवलोकनका साथै योगाभ्यासका लागि पनि विदेशी पर्यटक आउने गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

 

विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।




मतहरू

Jason

Cheers, A lot of posts. casino en ligne francais Nicely put. Kudos! casino en ligne France Fantastic data, Thank you. casino en ligne France Useful stuff, Appreciate it! meilleur casino en ligne Thanks a lot! Great stuff. casino en ligne You have made your point very nicely!. casino en ligne Seriously all kinds of terrific material! casino en ligne France Terrific facts, Appreciate it! casino en ligne You said it very well.. casino en ligne fiable Thanks a lot! I appreciate this! casino en ligne France


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु