बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

शनिबार ६ माघ, २०८० Nepalexplores 1335


उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

६ माघ, काठमाडौं ।
उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । भने तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई  स्थानमा हमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आइतबार र सोमबारसम्म मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ । तराईमा हुस्सु÷कुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु