शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

एक करोड बाँस चुरे क्षेत्रमा रोप्छौँ ः प्रधानमन्त्री दाहाल

मंगलवार ६ चैत्र, २०८० nepalexplores 1359


एक करोड बाँस चुरे क्षेत्रमा रोप्छौँ ः प्रधानमन्त्री दाहाल

६ चैत, काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी दिएका हुन्। 


चुरे क्षेत्र बाट गिट्टी, बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद् बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको भनाई थियो। दाहालले चुरे–तराई, मधेस क्षेत्रको संरक्षणमार्फत तराई, मधेसको मरुभूमिकरण हुन बाट रोक्न, चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिने गरी कार्य भइरहेको पनि बताए।

यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको तथ्य पनि सबैलाई जानकारी नै छ। आवश्यकता र प्राथमिकताका आधारमा तीनै तहका सरकारका चालु आर्थिक वर्षको बजेट नघट्ने गरी सम्बोधन गर्न नीतिगत व्यवस्था गरिएको जानकारी पनि गराउन चाहन्छु। चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनमा जलवायुवित्त परिचालन गरी सञ्चालन भइरहेको चुरे उत्थानशीलता आयोजनालाई अझ सशक्त बनाइनेछ।

‘चुरे तराई, मधेसको संरक्षण तथा व्यवस्थापन एवं मरुभूमिकरण नियन्त्रणका लागि २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालन भइरहेको छ। चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ। चुरे–तराई, मधेस क्षेत्रको संरक्षणमार्फत तराई मधेसको मरुभूमि करण हुन बाट रोक्न, चुरे क्षेत्र बाट गिट्टी, बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद् बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ।’


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु