बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

सप्तकोशीको जलसतह सतर्कता पार, तटीय क्षेत्रमा साँझसम्मै उच्च सजगता अपनाउन आग्रह

शुक्रबार ८ भाद्र, २०८० nepalexplores 1370


सप्तकोशीको जलसतह सतर्कता पार, तटीय क्षेत्रमा साँझसम्मै उच्च सजगता अपनाउन आग्रह


८ भदौ, काठमाडौं । 

सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरामा जलसतह सतर्कता तह(६ मी) पार गरेको हो । 

नदीको जलसतह बझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ । 


उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूमा आज साँझसम्मै उच्च  सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु