बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

चीनसँगको सीमा क्षेत्रमा सुरक्षा अधिकारीद्वारा निरीक्षण

बिहीबार २४ जेष्ठ, २०८१ nepalexplores 1563


चीनसँगको सीमा क्षेत्रमा सुरक्षा अधिकारीद्वारा निरीक्षण

२४ जेठ, काठमाडौं ।
तिब्बतसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। नेपाली सुरक्षाकर्मीको टोली कोरोना महामारीपछि पहिलोपटक उरै नाकामा पुगेको हो। 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भ लगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो।

साइपाल गाउँपालिकाले तीन दिन पैदल हिँडेर सुरक्षा अधिकारीको टोली उरै नाका पुगेको जानकारी दिएको छ। उक्त नाका पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताए। सरकारी कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहितले अनुगमन गरेका थिए।

नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु