बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

मकवानपुरको भीमफेदीमा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

बिहीबार ६ आश्विन, २०७९ Nepalexplores 1168


मकवानपुरको भीमफेदीमा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

काठमाण्डौ । मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर-६ जुरिखेतस्थित ना. ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । 

सो स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।


सडक  दुर्घटना  हुँदा १८ जना घाइते भएको उनले बताए । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु