शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि  

सोमबार १४ श्रावण, २०८१ nepalexplores 1699


बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि  

१४ साउन, काठमाडौं ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १ सय २५ को हाराहारीमा पुगेको छ । भने बाघको लागी दोस्रो ठूलो बासस्थान मानिन्छ। 

अहिले सम्म चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ। सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षणले जानकारी दिएको छ। जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएको हो। 

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँएको छ।  निकुञ्जको अनुसार  बाघलगायत वन्यजन्तु बृद्धिसँगै बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाल लगायत पूर्वाधार सँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताए।

वनजंगलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको संख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ।निकुञ्ज संरक्षणको अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु