बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान

शनिबार २ कार्तिक, २०८२ nepalexplores 1271


गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान

१ असोज, काठमाडौं ।
गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान बनेको छ।

विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चरा फेला परेको जनाएका छन्। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको आश्रयस्थल बनेको र त्यस क्षेत्रमा विभिन्न प्रजातिका चराहरू फेला परेकाे जनाएकाे हाे।

नेपाल पंक्षी संरक्षण संघको अनुसार गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको जनाएको छ। भने दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेको जनाएका छन्।

नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चरा फेला परेका नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।

नेपाल पंक्षी संरक्षण संघले विभिन्न समयमा गरेकोे पंक्षी सर्भेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चरा फेला परेका हुन्।

जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षण अनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरुको तथ्याङ्क रेकर्ड गरिएको छ।

यो संख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्या अनुसार हाल ३५ प्रतिशतभन्दा बढी रहेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।

चरा संरक्षणका लागि संघले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु