बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल

बिहीबार २५ आश्विन, २०८० nepalexplores 1735


लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल


२५ असोज, काठमाडौँ। 

विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।


उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

तर ४९ ‌औं मिनेटमा अन्जन विष्टले बराबरी गोल फर्काए ।  एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेका हुन् । नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४(४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु