शनिबार ९ श्रावण, २०८३ (Saturday July 25, 2026)

ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो

बुधबार १२ मंसिर, २०८१ nepalexplores 1292


ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो

१२ मंसिर, ताप्लेजुङ। 
ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो छ। 

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको हो।

पाथीभराको दर्शनका लागि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारत र अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्ड लगायत देशहरू बाट समेत पर्यटक आउन थालेको पाथीभारा क्षेत्र विकास समितिले जानकारी दिनुभएको छ।

सँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

गत साउनदेखि कात्तिक मसान्तसम्ममा चार सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन्। यसमा सबैभन्दा बढी भारतबाट आएका काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताए।

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार प्रवर्द्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ। पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको सङ्ख्या बढ्दै जाने समितिले विश्वास लिएको छ।

हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौँ भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन्। पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिना अघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु