शुक्रबार २४ असार, २०७९
काठमाण्डौ । रामेछाप जिल्लाबाट संविधानसभा सदस्य कमला कुमारी सुवेदीको शालिक अनावरण भएको छ ।
मन्थली नगरपालिका नगरप्रमुख लव श्रेष्ठले एक कार्यक्रका बीच उक्त शालिक अनावरण गरेका हुन । सुवेदी तत्कालिन नेकपा एमालेबाट समानुपातिकतर्फ संविधान सभा सदस्य भएकी थिईन ।
सुवेदीको शालिक निर्माण तथा व्यवस्थापनमा मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेशकुमार बस्नेतको सक्रियता रहेता रहेको थियो । बस्नेतकै कार्यकालमा बजेट विनियोजन भई निर्माण कार्य समेत सम्पन्न भएको भएता पनि शालिक अनावरण कार्यक्रम भने स्थानीय तहको निर्वाचन आचारसंहिताका कारणले रोकिएको थियो ।
बाम आन्दोलनमा सुवेदीको महत्वपुर्ण योगदान रहेको बताईएको छ । उनको शालिक मन्थली नगरपालिका वडा नं. १ स्थित मच्छेडाँडीमा राखिएको छ ।