शुक्रबार १८ आश्विन, २०८१ (Friday October 04, 2024)

म र मेरो काठमाडौं 

सोमबार २ श्रावण, २०७९ Nepalexplores 1563


म र मेरो काठमाडौं 

डेनो थिङ 

उच्च शिक्षा प्राप्तिका निम्ति  विभिन्न ठाउँबाट राजधानी काठमाडौं प्रवेश गर्नेहरूको हुलमा म पनि अछुतो रहन सकिन । ठुलो सपना बोकेर शहर प्रवेश गरेको थिए । राजधानीमा जति नजिकिँदै गयो वास्तविक्ता झन टाढा जाँदै थियो । अस्तव्यस्त रहेको यो सहर एक अर्कासँग निकैनै अपरिचित रहेछ। यो भीडको बीच बाट आफूलाई सबै सामु ल्याउन एकदम गाह्रो र फरक त थियो नै शुन्यताको  बाटो जीवन सुचारु गर्न खोज्दै गरेको मान्छे समयले मलाई तिमीसँग टाढा गराउन खोज्दैछ । काठमाडौं सँग सम्बन्ध विच्छेद गर्न खोज्दैछु तर गर्न सक्दिन किनकि काठमाडौंमा नै आफ्नो सपना बसेको छ । 

अहिले जुन ठाउँमा छु मलाई त्यही ठाउँ मन पर्छ अरू देशको भिसा वा पिआर नपायर काठमाडौंमा बसेको पनि  होइन । आफ्नो देशमा रगत पसिना बगाउनु पर्छ भन्ने मान्यतामा अडिग छु। काठमाडौं मेरो घरबाट नजिकको सहर यही सहरमा संघर्ष गर्दै म यहाँ सम्म आए। जिन्दगीको हर मोड्मा भेटिने हर व्यक्तिहरू गुरू अनि हरेक पल एउटा पाठ हो । जस्तै परिवेशमा जस्तै अवस्थामा रम्ने मान्छे आज आफूले बाल्यकाल बिताइयो, आफ्नो गाउँबाट टाढा छु। एउटा सानो संसार सिर्जना गरेको छु यस ठाउँमा आत लुकाउन  जाडो, गर्मी र बर्षा बाट जोगिन सुरक्षित महसुस गर्न विश्वासलाई उठाइ राख्न सानो संसार प्रर्याप्त नै छ । बाहिरबाट देखिँदा यो पूर्णता भित्र पनि एक अपूर्णताको आभास भइ रहने गर्छ   यो केवल अनुभूति र भावना हो हुन चाहि हो । आफू बाहेक अरू कसैले पनि नदेखिने अनुभूति पनि नगर्ने एउटा आकार सत्य हो ।

काठमाडौंको मुटुमा रहेको दरबार मार्ग भने सुनेको युरोप जस्तो लाग्छ । दरबार मार्ग आउँदा साचिकै सहरमा छु जस्तो लाग्छ । यहाँको वातावरण सफा मिलेको ठाउँ यहाँ नपाइने केही छैन सबैथोक पाउँछ दिन होस या रात जहिले जागिरहन्छ ।  यसै ठाउँमा ठूला ठूला महल थपिदै छ ठुलो महल सँगै धेरै सपनाहरू थपिदै होलान । घरै घरले भरिएको सहरमा भृकुटीमण्डप को खुला चौउर वसन्तपुरको चिया स्वयम्भूको साँझ पखको बसाइको छुट्टै आभास छ। समयले नेटो काटेको पत्तो नपाइने भृकुटीमण्डप त्यहाँको छहारी सँगै देशको लागी त्याग र बलिदानको कुरा साथीभाई सँगको हाँसोको क्षण  राष्ट्रियताको लागी लड्नुपर्छ भन्दै  गरेको बाचा सहर सफा राख्नुपर्छ भनि जुटेका दिन चिया माथि चिया  खाँदै बिताएका क्षण जीवनको महत्वपूर्ण पाटो बनेको छ।  

धेरै सँगको भेटघाटमा धेरथोर सिक्ने मौका मिलेको छ । चिन्नै नसकेको ठमेललाई छोड्दै वसन्तपुर आउँदा त्यहाँको दृश्य आँखामा मात्र कैद गर्न नसकिने भएकाले एकाएक तस्विर कैद गर्नेहरूको भिड देखिन्छ। पुरानो सम्पदा हेर्दा मन कस्को नलोभिएला कला संस्कृतिले वसन्तपुरको आँगनमा किन बेग चल्दै छ  वरपर बाट दृश्य नियाल्दा भक्तिभाव देखिन्छ पुज्नेहरूको भिड  फरक होलान् आस्था र विश्वासमा फरक देखिन। पृथ्वीको कुनै एक ठाउँबाट आएको हुनु पर्छ  सबै यही दृश्यमा रमाउँदै छन् । घामको किरण ओझेल पर्दैछ पर्यटनको भिड थपिदै छ वृद्धाहरूको जमघट युवायुवतीको प्रेम आफ्नै आकृतिमा सजेको दरबार जति समय बस्यो उक्तिकै मन मोहक समय वितेको थाहा नै  नहुने कला संस्कृति संरक्षणमा जुटदै छन्। हातेमालो गर्दै  हातमा हात मिलाउँदै बाजाको धुनमा रथ तान्दै छन सबै खुसी देखिन्छ। सबै खुसी रहन सक्ने यो काठमाडौं सहरमा आफ्नो सपना साकार तुल्याउन कोसिस गर्दै यो भिडमा आफ्नै पहिचान स्थापित गराउन खोज्दैछु। जिवन एउटा संघर्षको यात्रा हो । 

लेखक थिङ अनेरास्ववियूका केन्द्रीय सदस्य हुन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु