बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

कपन पुग्यो काठमाडौं महानगरको डोजर 

बिहीबार २५ श्रावण, २०८० Nepalexplores 1288


कपन पुग्यो काठमाडौं महानगरको डोजर 

काठकाडौं,२५ साउन

काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।


वर्षाको समयमा डोजर आतंक गरेको भन्दै उनीहरुले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयबासिन्दाले डोजर चलाउन दिएका छैनन् । अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल भइरहेको छ ।

     


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु