बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

उपसभामुख काठमाडौ हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित

सोमबार ४ भाद्र, २०८० nepalexplores 1181


उपसभामुख काठमाडौ  हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित


४ भदौ २०८०, काठमाडौँ ।
विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशंकाबीच उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी छन् । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् । 

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।

यता, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले संसद् बैठक स्थगित हुन सक्ने बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु