शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खस्यो 

मंगलवार २६ जेष्ठ, २०८३ nepalexplores 1265


अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खस्यो 

२६ जेठ, काठमाडौं ।
आज अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै खसेको छ ।

हर्मुज नजिकै हेलिकप्टरका दुई चालक दलका सदस्यहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको द न्युयोर्क टाइम्सले जनाएको छ ।

हर्मुज नजिकै अमेरिकी सेनाको एउटा अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको द न्युयोर्क टाइम्सले जनाएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनाग्रस्त भएको सो हेलिकप्टरका पाइलटहरू सकुशल रहेको बताएका छन् ।

न्यू योर्क बाट वासिङ्टन डि.सी. फर्कनु अघि जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बोल्दै ट्रम्पले घटनामा कोही पनि घाइते नभएको बताएका छन् ।

उक्त अपाचे हेलिकप्टर इरानी आक्रमणका कारण खसेको हुन सक्ने प्राविधिक गडबढी भएको हो वा अन्य कुनै समस्या आएको हो भन्ने कुरा अझै खुलेको छैन ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु