शुक्रबार ८ भाद्र, २०८०
८ भदौ, काठमाडौं ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।
सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् । औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ ।
जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो ।
ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।