शनिबार २३ फाल्गुन, २०८२ (Saturday March 07, 2026)

प्रदर्शनकारीलाई प्रहरीले गरे अश्रुग्यास प्रहार

आईतवार ५ चैत्र, २०७९ Nepal explores 1481


प्रदर्शनकारीलाई प्रहरीले गरे अश्रुग्यास प्रहार

विराटनगर, ५ चैत 
आईतबार प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शनमा भएको छ । प्रदर्शनमा सहभागीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्र  प्रवेश गर्न खोजे पछि प्रहरीसँग झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी प्रदेश राखेको थियो । पहिचानको आधारमा पुनः नामकरण गर्नु पर्ने माग राख्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।


प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु