शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

अमेरिकी राष्ट्रपतिले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने 

सोमबार २४ मंसिर, २०८१ nepalexplores 1436


अमेरिकी राष्ट्रपतिले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने 

२४ मंसिर, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। 

राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ। 

अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पु¥याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन्। 

राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्। 

अमेरिकाको आप्रवासी नीतिका सम्बन्धमा बाइडेन र डेमोक्र्याटभन्दा ट्रम्प र रिपब्लिकनहरू कडा मानिन्छन्।  ट्रम्पले आफूले जिम्मेवारी सम्हाल्नेबित्तिकै आप्रवासन, ऊर्जा र अर्थतन्त्र लगायतका विषयहरुमा नयाँ घोषणा हुने बताएका छन्।   


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु