सोमबार २ श्रावण, २०७९
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी गरेका छन् । सोमबार उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् ।
उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा पेश गर्ने योजनामा छु ।