बुधबार १२ चैत्र, २०८१ (Wednesday March 26, 2025)

रामेछापको विद्युत समस्या समाधान गर्ने निर्देशक घिसिङको प्रतिबद्धता

मंगलवार ३ श्रावण, २०७९ Nepalexplores 1489


रामेछापको विद्युत समस्या समाधान गर्ने निर्देशक घिसिङको प्रतिबद्धता

काठमाण्डौ । रामेछाप जिल्लामा नियमित रुपमा विद्युत आपुर्ति नहुँदा सेवाग्राही मारमा परेको र सार्वजनिक सेवा प्रवाहमा समेत समस्या आउन थाले पछि मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको नेतृत्वको टिमले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  भेटेर ध्यानाकर्षण गराएका छन । 

कार्यलय समयमा विद्युत झ्याप्प झ्याप्प गईरहने समस्याले गर्दा जनगुनासो आउन थाले पछि समस्या समाधानको लागी निर्देशक घिसिङलाई आग्रह गरिएको नगर प्रमुख श्रेष्ठले बताएका छन । 

नगरप्रमुख श्रेष्ठ, मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष होम प्रसाद पौडेल, वडा नं. ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ, एमाले नेता ध्रुव कार्की लगायतले निर्देशक धिसिङ संग जिल्लामा भएको विद्युत समस्याका विषयमा छलफल गरेका थिए । 

निर्देशक घिसिङले छिट्टै समस्या समाधान गर्न आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख श्रेष्ठले बताएका छन ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु