शुक्रबार १५ जेष्ठ, २०८३
१५ जेठ, काठमाडौं ।
आज टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ।
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँएको हो। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
जननिर्वाचित पहिलो संविधानसभा बाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ।
आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेर नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ।
सैनिक मञ्चमा बिहान ८ बजे देखि सुरु भएको समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो। समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको छ।