शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

बिहीबार ३ आश्विन, २०८१ nepalexplores 1460


आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं ।
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ। 

२०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ। सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ। आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ।

संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ। शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु