सोमबार २० भाद्र, २०७९
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले विं.स. २००६ सालमा आफ्नो घोषणपत्रमा जेष्ठ नागरिकहरुको लागी भत्ताको व्यवस्था हुनपर्ने उल्लेख गरेका थिए । यो संगसंगै उनले मजुरहरुको एकताको बलबाट अधिकार प्राप्तहुने भएकाले रातो झण्डामुनि गोलबद्ध हुन आव्हान गरेका थिए ।
उनको घोषणपत्रमा यस्तो लेदिएको थियोः
नेपालका मजदुर–वर्ग हो, तिमीहरूले आफ्नो रातो झण्डालाई तिम्रो सबभन्दा पहिलो कामबन्दी–विराधमा, जुन सन् १९४७ मार्च महिनामा भएको थियो, उठार्इसकेका छौँ । रातो झण्डा अन्तर्राष्ट्रिय मजदुर–वर्गको एकताको झण्डा हो, तिम्रो वर्गीय बैरीसँगको तिम्रो पहिलो लडाइँमा धपाइएका– राणा र भारतीय सोसलिष्ट नेताहरूको सहायता र समर्थन पाएका कांग्रेसका नेताहरूले विश्वासघात र गद्दारी गरे तापनि त्यो कामबन्दी–विरोधको लहर सारा नेपालमा फैलियो । विश्वासघाट र नकचरा कांग्रेसीहरूले वैधानिक (कानूनी) तबरले आफ्नो आन्दोलन बन्द गरिसकेपछि पनि राजधानी काठमाडौंका विभिन्न सरकारी विभागका कामदारहरूले जिउनयोग्य तलब र कामको राम्रो प्रबन्धको निम्ति मागहरू राखेर कामबन्दी–विरोध गरे ।
अब एकताको बलद्वारा तिम्रो आन्दोलन अगाडि बढाउनको निम्ति आफ्नो स्वतन्त्र मजदुर–संगठनको जग हाल । मजदुर–संगठनमा जिल्ला–जिल्लाबाट मजदुरहरूका प्रतिनिधि समावेश गर । उनीहरूद्वारा नै मजदुर–संगठन बनाऊ । यी सबै मागहरू र आफ्नो सुरक्षा हासिल गर्नको निम्ति आफ्ना शक्तिहरूलाई एकताको बलियो डोरीमा बाँधः
१. जिउनयोग्य तलब (ज्याला) ।
२. दिनमा आठ घण्टाको कार्यकाल ।
३. कामको राम्रो प्रबन्ध ।
४. नोकरीको सुरक्षा ।
५. बुढ्याइँमा भत्ता (निवृत्तिभरण)
६. केटाकेटीहरूको निम्ति बिना–फिस (निःशुल्क) शिक्षा ।
७. मजदुर संगठनका सम्पूर्ण अधिकारहरूको उपभोग ।
सहयोद्धा मजदुर साथी हो: हामीहरूको एकता, संगठन र संघर्षले हाम्रो बल बढाउनेछ । नयाँ नेपाल र प्रजातन्त्रीय जीवनको सिर्जना गर्नका निम्ति रातो झण्डामुनि भेला भएर नयाँ संघर्षतिर अगाडि बढ ।
नेपालका पसिना चुहाउने किसानहरू हो, तिम्रो मुक्ति सामन्तवादी–प्रथाको विरूद्ध बिना सुलहनामा (सम्झौता) को तीव्र संघर्षमा छ । तिम्रो यस विशाल संघर्षमा तिमी न निर्धा छौ न त एक्लै नै छौ । देशमा तिम्रो संख्या सबभन्दा बढ्ता छ । नेपाल, भारत, पाकिस्तान र संसारका वीर मजदुर–वर्ग तिम्रो साथमा छन् । देशव्यापी रूपमा आफ्नो स्वतन्त्र जन–संगठन रातो झण्डाको नेतृत्वमा खडा गर । तपसिलका माग हासिल गर्नको निम्ति बेजोड संघर्ष गर ।
१. जमिन जोत्नेलाई ।
२. बाँझो र पर्ती जमिन खेतालाहरूलाई ।
३. गैर–कानुनी कोसेली–प्रथा र बेगारी चलनको समाप्ति ।
४. विभागा–प्रथा तुरुन्त चालू गर्ने (बालीको तीन खण्डको एक खण्ड तलसिंहलाई दिने, दुई खण्ड मोहीले लिने) ।
५. खेतालाहरूलाई जिउनयोग्य तलब (ज्याला) ।
६० पूर्ण नागरिक स्वतन्त्रता ।