बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

मन्त्री बन्नका लागी माओवादीका सांसदहरुको दौडधुप बढ्यो

मंगलवार १२ पुष, २०७९ nepalexplores 1402


मन्त्री बन्नका लागी माओवादीका सांसदहरुको दौडधुप बढ्यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने संगै माओवादीका सांसदहरु मन्त्री बन्नका लागी दौडधुप थालेका छन । 
प्रधानमन्त्रीलाई समर्थन गर्ने सातवटै दल सरकारमा सहभागी भएको अवस्थामा माओवादीले बढीमा ७ वटा मन्त्रालय पाउनेछ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् ।


अरु मन्त्रीका लागि माओवादी सांसदहरुले दौडधुप थालेका छन् । नेताहरुका अनुसार अघिल्लो सरकारमा मन्त्री भएकाहरुलाई यसपटक नदोहोर्‍याउने माओवादीको तयारी छ ।

‘यो नेकपा सरकारको निरन्तरता हो । त्यसकारण अघिल्लो नेकपा सरकारमा सहभागी भएका मन्त्रीहरु यसपटक मापदण्ड अनुसार नै दोहोरिने छैनन्’, प्रचण्ड निकट एक नेताले  भने ।

 सांसदहरु रेखा शर्मा, अमनलाल मोदी, सुदन किराती र महिन्द्रराय यादवलाई मन्त्रीको सम्भावित अनुहार मानिएको छ ।


महिन्द्र राय यादवलाई पनि सम्भावित मन्त्रीका रुपमा हेरिएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनी माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका थिए । डा. बाबुराम भट्टराई पक्षबाट टिकट पाएका उनी मात्र चुनाव जितेकाले मन्त्री बन्ने सम्भावना रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु