बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बढ्यो सुनको मूल्य,चाँदीको भने स्थिर

आईतवार २६ असार, २०७९ Nepalexplores 1465


बढ्यो सुनको मूल्य,चाँदीको भने स्थिर

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु