बुधबार ६ जेष्ठ, २०८३ (Wednesday May 20, 2026)

 एकीकृत समाजवादी रामेछापबाट प्रदेश 'ख' का लागी चार जनाको नाम सिफारिस

बिहीबार १६ भाद्र, २०७९ Nepalexplores 3706


 एकीकृत समाजवादी रामेछापबाट प्रदेश 'ख' का लागी चार जनाको नाम सिफारिस

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको  लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश ख बाट चार जनाको नाम प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सर्वसहमतिले सिफारिस गरेको छ । एकीकृत समाजवादी पार्टीका बाग्मति प्रदेश कमिती सदस्य स्वरुप सिंह तामाङको संयोजकत्वमा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । प्रदेश ख निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेको आधारमा जिल्ला पार्टीले प्रदेश कार्यालयमा उमेदवारको नाम पठाउने तामाङले बताएका छन । 

सिफारिस हुनेमा पार्टीका केन्द्रिय  सदस्य झम्क बहादुर कँडेल, केन्द्रिय परिषद सदस्य किरण मोक्तान, जिल्ला पार्टी सचिव लालसिंह घिसिङ र जिल्ला पार्टी उपसचिव एवं अनेरास्ववियू केन्द्रिय सचिव दिपक बुढाथोकी रहेका छन । रामेछापमा एकीकृत समाजवादी पार्टी गठन भएको करिब ९ महिना नपुग्दै सम्पन्न भएको स्थानीय निर्वाचनमा पार्टीले भाग लिनुपर्ने विषयलाई अवसर र चुनौतिको रुपमा हेरिएको थियो । छोटो अवधिमा पनि जनताको सदभाव र समर्थन रहेकाले करिब आठ हजारको हाराहारीमा मत प्राप्त भएको बताईएको छ । कुनै पनि पार्टी गठन भएको छोटो समयमा यति धेरै सांगठनिक गतिविधि र जनताको पक्षमा कार्य गर्न नसकेको इतिहास रहेको सन्दर्भमा पार्टीले अनेकन चुनौतिका बाबजुत पनि स्पष्ट विचारका साथ पुष्पलालको मार्गलाई पछ्याएको पार्टी अध्यक्ष रमेश कुमार बस्नेतले बताएका छन । 

अहिलेको गठबन्धन विशेष परिस्थितिले निर्माण भएको तथ्यलाई स्मरण गर्दे संविधान र लोकतन्त्रलाई जोगाउनका लागी सम्मानजनक हिसाबले मात्रै गठबन्धनबाट अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । हिजो पाँच जनाले स्थापना गरेको कम्युनिष्ठ पार्टीले करिब दुईतिहाईको मत प्राप्त गर्दा जनताको पक्षमा काम गरी मुलुकलाई संमृद्धि तर्फ लैजान सक्नुपथ्र्यो तर, त्यसो हुन सकेनः उनी भन्छन ।

एकीकृत समाजवादी रामेछापबाट प्रतिनीधिसभाको लागी पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका देवशंकर पौडेल र होम बहादुर बुढाथोकी, केन्द्रिय सदस्य शान्ता सापकोटा(पौडेल) सहित तीन जनाको नाम जिल्ला कमिटीको गत भदौ ४ गते बसेको तेस्रो पुर्ण बैठकबाट सर्वसहमतिले निर्णय गरि केन्द्रमा  सिफारिस गरिसकेको छ । इमान्दारिपुर्वक र सम्मानजनक रुपमा गठबन्धन नभएमा एक्लै भए पनि निर्वाचनमा सहभागी हुने लक्ष्य सहित आगामी निर्वाचनका लागी संघ र प्रदेशमा पार्टीको तर्फबाट उमेदवार सिफारिस गरिएको बस्नेतले बताएका छन । 




मतहरू

Kumar Puwar

Goood


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु