शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने

मंगलवार २१ असार, २०७९ Nepalexplores 1438


एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ । समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु