बिहीबार १६ भाद्र, २०७९
काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश क बाट चार जनाको नाम प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सर्वसहमतिले सिफारिस गरेको छ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य बलराम खड्काको अध्यक्षतामा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । प्रदेश क निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेको आधारमा जिल्ला पार्टीले प्रदेश कार्यालयमा उमेदवारको नाम पठाउने खड्काले बताएका छन ।
सिफारिस हुनेमा पार्टीका केन्द्रिय परिषद सदस्य एवं रामेछाप जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत, आङकाण्डु शेर्पा, बाग्मति प्रदेश कमिटी सदस्यद्धय रमेशबाबबु श्रेष्ठ र ढालविक्रम कार्की रहेका छन । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान मेयर हुन । आफ्नो पाँच वर्षे कार्यकालमा जनताको सेवामा अनवरत क्रियाशील रहेको, कुनैपनि विवादमा नपरी राजनीतिक स्पष्टता र प्रशासनिक कुशलता भएको व्यक्ति मानिन्छन । उनको कार्यकालमा गरिएका जनप्रिय निर्णय र कार्यक्षमताको चर्चा नगरबासीले गरिरहेका छन । तत्कालिन नेकपाका अध्यक्ष केपी ओलीले दुईपटक संसदको विघटन गरि प्राप्त भएका सम्पुर्ण उपलब्धीहरुलाई समाप्त मार्न खोजेपछि विद्रोह गर्ने सन्दर्भमा बस्नेतले तत्कालीन मेयर पद त्याग्न तयार रहदै विद्रोहको झण्डा उठाएका थिए । मन्थली नगर भित्र रहेका सार्वजनिक सम्पतिको रक्षामा आफै सडकमा उत्रिएर कार्य गरेका थिए । अहिले काठमाण्डौ महानगर प्रमुखले त्यस्तै कार्य गरिरहेका छन ।
रामेछापमा एकीकृत समाजवादी पार्टी गठन भएको करिब ९ महिना नपुग्दै सम्पन्न भएको स्थानीय निर्वाचनमा पार्टीले भाग लिनुपर्ने विषयलाई अवसर र चुनौतिको रुपमा हेरिएको थियो । छोटो अवधिमा पनि जनताको सदभाव र समर्थन रहेकाले करिब आठ हजारको हाराहारीमा मत प्राप्त भएको अध्यक्ष बताउँछन । कुनै पनि पार्टी गठन भएको छोटो समयमा यति धेरै सांगठनिक गतिविधि र जनताको पक्षमा कार्य गर्न नसकेको इतिहास रहेको सन्दर्भमा पार्टीले अनेकन चुनौतिका बाबजुत पनि स्पष्ट विचारका साथ पुष्पलालको मार्गलाई पछ्याएको बताउछन ।
अहिलेको गठबन्धन विशेष परिस्थितिले निर्माण भएको तथ्यलाई स्मरण गर्दे संविधान र लोकतन्त्रलाई जोगाउनका लागी सम्मानजनक हिसाबले मात्रै गठबन्धनबाट अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताएका छन । हिजो पाँच जनाले स्थापना गरेको कम्युनिष्ठ पार्टीले करिब दुईतिहाईको मत प्राप्त गर्दा जनताको पक्षमा काम गरी मुलुकलाई संमृद्धि तर्फ लैजान सक्नुपथ्र्यो तर, त्यसो हुन सकेनः उनी भन्छन ।
एकीकृत समाजवादी रामेछापबाट प्रतिनीधिसभाको लागी पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका देवशंकर पौडेल र होम बहादुर बुढाथोकी, केन्द्रिय सदस्य शान्ता सापकोटा(पौडेल) सहित तीन जनाको नाम जिल्ला कमिटीको गत भदौ ४ गते बसेको तेस्रो पुर्ण बैठकबाट सर्वसहमतिले निर्णय गरि केन्द्रमा सिफारिस गरिसकेको छ ।