शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

सांसद् चन्द्र भण्डारीकी आमाको  निधन

बिहीबार ४ फाल्गुन, २०७९ nepalexplores 1489


सांसद् चन्द्र भण्डारीकी आमाको  निधन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी ८६ वर्षीया हरिकलाको कीर्तिपुर अस्पतालमा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो । आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।


सांसद भण्डारीको शरीरको २५, ३० प्रतिशत भाग जलेको छ। उनलाई उपचारका लागि भारत लैजान डाक्टरहरूले सुझाव दिएका छन्। यद्यपि, भण्डारीले भने आफूले स्वदेशमै उपचार गर्ने इच्छा व्यक्त गरेका छन्।

कांग्रेस सभापति देउवाले भण्डारीलाई अस्पतालमै पुगेर भेटेका छन्। यतिबेला कांग्रेका नेता, उनको परिवार र अस्पालबीच बाहिर लैजाने विषयमा छलफल भइरहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु