सोमबार २६ आश्विन, २०८३ (Monday October 12, 2026)

पोखराको तालबाराही मन्दिर भक्तजनका लागि खुला

सोमबार २६ आश्विन, २०८३ nepalexplores 1164


पोखराको तालबाराही मन्दिर भक्तजनका लागि खुला

२६ असोज, काठमाडौं ।

पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्ष पछि भक्तजनका लागि खुला भएको छ । 

पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला भएको छ ।

पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजा हुँदै आएको थियो । 

घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारी समेत रहनु भएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताएका छन् । मन्दिर खुला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिनमा भिड लागेको थियो ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब ३ इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिए पछि यसको संरचनामा जोखिम भएकाले पुरातत्व विभागको निर्देशन तथा समन्वयमा ३ वर्ष समय लगाएर मन्दिर पुनर्निर्माण गरिएको हो । 

मन्दिर पुनर्निर्माणका लागि रु. १ करोड ६५ लाख खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरलाई मौलिक स्वरूप तथा परम्परागत वास्तुकला कायम हुनेगरी पुनर्निर्माण गरिएको र प्यागोडा शैलीमा निर्माण गरिनुका साथै भक्तपुर र ललितपुर बाट दक्ष कालीगढ मन्दिर निमार्णाका लािग ल्याइएकाे थियो । 

प्यागोडा शैलीका मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्लालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग गरिएको छ ।

फेवातालको बीचमा मन्दिर रहेकाले धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकसाथ अनुभव गर्न सकिन्छ । डुङ्गा बाट मन्दिरतर्फ जाँदा तालको पानी, वरिपरिको हरियाली र हिमाली दृश्यले तालबाराहीलाई धार्मिक गन्तव्यसँगै महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ । भने तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु