शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1140


स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

 २१ भदौ २०८०, काठमाण्डौँ ।

स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो ।

यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकजाँच भने जरुरी हुन्छ । ताकि  क्यान्सर नभए ढुक्क भएर बस्न र क्यान्सर भएमा छिटो पहिचान तथा उपचार भई निको पार्न सकियोस् ।

स्तनमा गाठाँगुठी आउनु सामान्य हो । यो महिलामा कुनै पनि उमेर समूहमा देखिन सक्छ । गाँठागुठी आउने कारण र त्यसको आकारप्रकार फरक फरक हुन्छ । स्तनमा देखिने गाँठागुठी मध्ये ८० प्रतिशतमा क्यान्सर हुँदैन । तर २० देखि ३० प्रतिशतमा स्तन क्यान्सर हुन पनि सक्छ ।
स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने रु

नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।

यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड गरिन्छ ।

त्यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ  ।
(डा. कार्की नर्भिक अस्पताल, बी एण्ड बी अस्पताल)


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु