बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

विद्युतीय गाडी किन्ने ग्राहक बढे

शनिबार ३० भाद्र, २०८० nepalexplores 1197


विद्युतीय गाडी किन्ने ग्राहक बढे


३० भदौ, काठमाडौं । 
ललितपुरका नितेश अमात्यले पेट्रोल गाडी बेचेर नाडा अटो शोमा टाटाको इभी टियागो बुक गरेका छन् । ‘टाटाको इभीमा सेफ्टी रेटिङ राम्रो भएर यो रोजेको हुँ । मैले टियागो २ वर्षदेखि कुरिरहेको थिएँ ।’

पेट्रोल गाडी चढ्ने रहर पुगेर विद्युतीय गाडी किन्न लागेको उनको भनाइ छ । ‘पेट्रोलको गाडी अहिले चढिरहेको छु । इभी चढ्न थालेपछि वर्षको २ लाखसम्म जोगिने देखिएको छ । पेट्रोलपम्पमा लाइन बस्न पनि झ्याउ हुने, इभी गाडी भए मोबाइल जसरी चार्जमा हालेर काम गरे पनि भयो’, नितेश भन्छन् ।


इभी (विद्युतीय गाडी) मा लोभिने अमात्य मात्रै होइन, पेट्रोल तथा डिजेलबाट चल्ने गाडी हेर्न आएकाहरु पनि विद्युतीय गाडीतिर मोडिएका छन् । हरिसिद्धिबाट रोयल इन्फिल्डको हन्टर मोटरसाइकल हेर्न आएका सुमित श्रेष्ठ पनि विद्युतीय गाडी किन्ने कि भन्ने सोचाइमा पुगे ।

‘यहाँ आउँदा विद्युतीय गाडीको ठूलो माहोल रहेछ । राम्रो रेन्जमा अहिले टाटाको गाडीहरु रहेछन् । खासमा बाइक किन्ने सोचले आएको हो, तर इभीले तान्ला जस्तो छ’, उनले भने । साथीहरुसँग फेरि पनि आउने शो हेर्न आउने योजना रहेको उनले सुनाए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु