बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

तातो हावाको लहर बढ्दै 

सोमबार १७ बैशाख, २०८१ nepalexplores 1418


तातो हावाको लहर बढ्दै 

१७ वैशाख, काठमाडौँ ।
देशका अधिकांश भू–भागमा विगत केही दिनदेखि अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ। 

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिन मार्फत चेतावनीसहितको सूचना जारी गरेको छ।  

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्।

तराईका भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असर बाट बच्न आवश्यक सतर्कता अपनाउन साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखा बाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अग्रह गरिएको छ।

गर्मीका कारण स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ। तातो हावा तथा तातो लहर बाट हुने सम्भावित असर जस्तै ः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ। 

महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु