शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

शनिबार ८ भाद्र, २०८१ nepalexplores 1485


धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

८ भदौ, काठमाडौं ।
धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ।

मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म पुगेको छ। ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हुने ठाँउ हो’ गाउँपालिकाको अनुसार ‘मानवीय क्षति भएको छैन, गाईहरुलाई केही भयो कि भन्ने छ।’

हिमपहिरोले बोक्सीखोला थुनिएको छ। यो खोला बगेर जाँदा कालीगण्डकी नदीमा मिसिन्छ। ‘सम्पूर्ण खोला थुनिदा, करिब ८० प्रतिशत भाग थुनिएको छ’ पालिकाले भन्यो ‘एकै पटक आयो भने बेली ब्रिजनिर रहेको १०–१२ घरमा क्षति पुग्नसक्छ। हामीले सतर्क रहन आग्रह गरेका छौं।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरोको निरिक्षणका लागी टोली गएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु